News

बम ब्लास्टिङ गरेर पहिरो हटाइयो

बम ब्लास्टिङ गरेर पहिरो हटाइयो

लमजुङ । लमजुङ–मनाङ सडकखण्डमा झरेको पहिरो बम विष्फोटन गरी हटाइएको छ । एक्साभेटरले हटाउन नसकेको पहिरो सात दिनपछि आज विष्फोटन गरेर हटाइएको हो । नेपाली सेनाको श्रीजंग गणको नेतृत्वमा प्राविधिक टोलीले बम ब्लास्ट गरेको हो ।

२० वटा बम ब्लास्ट गरेर पहिरो हटाइएको प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए । मस्र्याङ्दी गाउँपालिका–३ खुदीको अर्खलेमा सात दिनअघि ठूलो चट्टानसहितको पहिरो झरेको थियो ।

विशेष