विदेश

७ दशमलव ६ रेक्टरस्केलको शक्तिशाली भूकम्प, सुनामी आउने चेतावनी

७ दशमलव ६ रेक्टरस्केलको शक्तिशाली भूकम्प, सुनामी आउने चेतावनी


काठमाडौं । होन्डुरसमा पर्ने क्यारिबियन द्वीपमा ७ दशमलव ६ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ ।

होण्डुरसको राजधानी टेगुसिगाल्पाबाट ५ सय १९ किलोमिटर पूर्वमा केन्द्रविन्दु बनाएर भूकम्प गएको अमेरिकी भूगर्भ केन्द्रले जनाएको छ । भूकम्पको धक्का मेक्सिकोसम्म महशुश गरिएको थियो । भूकम्पपछि अमेरिकी भर्जिन द्विप र पुर्टो रिकोमा सुनामीको चेतावनी जारी गरिएको छ ।

सुनामीका कारण पानीको छाल १ मिटरसम्म अग्लो हुने भन्दै प्यासिफिक वार्निङ सेन्टरले सुरक्षित रहन आग्रह गरेको छ । अन्य क्षतीको विवरण भने नआएको बीबीसीले उल्लेख गरेको छ ।

विशेष