दोस्रो दिन केसीलाई सर्वोच्च पुर्‍याइयो, औषधी पनि खान मानेनन्

दोस्रो दिन केसीलाई सर्वोच्च पुर्‍याइयो, औषधी पनि खान मानेनन्


काठमाडौं । अदालतको अवहेलना मुद्दा खेपिरहेका डा गोविन्द केसीलाई प्रहरीले विहानै सर्वोच्च अदालत पुर्‍याएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि डा केसीलाई मंगलबार साँझ वीर अस्पताल भर्ना गरिएको थियो । उनको मुटुको धड्कन तीव्र हुनुका साथै मांशपेशी बाउँडिने समस्या देखिएको थियो । तर, अनसनमा रहेको भन्दै केसीले औषधि खान मानेनन् ।

बुधबार विहानै प्रहरी टोलीले डा केसीलाई सर्वोच्च अदालतमा उपस्थित गराएको छ । उनीविरुद्धको अवहेलना मुद्दा न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा परेको छ । डा केसीसँग मंगलबार नै बयान भइसकेको छ ।

बयान भने न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले दिएको थियो ।

संम्बधित खबर

विशेष