News

मैले पराजुलीलार्इ भनेकाे कुरा पुष्टि गर्छु : डा.केसी

मैले पराजुलीलार्इ भनेकाे कुरा पुष्टि गर्छु : डा.केसी

अदालतकाे इजलासमा डा.गाेविन्द केसीले अाफू रैती नभइ सार्वभाैम नागरिक भएकाे बताएका छन् । 

सर्वाेच्च अदालतकाे मानहानी गरेकाे अभियुक्तमा पक्राउ परेका डा.केसीले न्यायाधीशद्वय पुरूषाेत्तम भण्डारी र बम कुमार श्रेष्ठकाे संयुक्त इजलासमा बाेल्दै उनले भने, 'म सर्वभाैम देशकाे नागरिक हुँ । मलाई फ्रिडम अफ स्पिचकाे स्वतन्त्रा छ । मैले पराजुलीलाई भनेकाे कुरा पुष्टि गर्छु ।' 

डा.केसी अदालतको संयुक्त इजलासमा न्यायाधीशद्वय भण्डारी र श्रेष्ठ बयानका क्रममा सुनाइरहेका छन् ।

यता बयान जारी रहेकाे समयमा माइती घर मण्डलामा भने डा.केसीकाे रिहाइ माग गर्दै प्रदर्शन भइरहेकाे छ । नयाँ शक्ति नेपालकाे अायाेजनामा भइरहेकाे प्रदर्शनमा नागरिक अभियान्ता डा.केसीलार्इ विना शर्त रिहाइ गर्न माग गरिएकाे छ । साथै दुईसयभन्दा धेरैकाे सहभागितामा भइरहेकाे प्रदर्शनीमा, 'गाेपाल पराजुली राजीनामा दे', 'म पनि जि केसी मलाइ पनि जेलमा', 'दुईवटा नागरिक्ता कस्काे एसएलसी फेल गाेविन्द पराजुलीकाे', 'चारैतिर प्रष्ट छ गाेपाल पराजुली भ्रष्ट छ, 'माफिया पराजुली सेटिगं, गाेपाल पराजुलिकाे चलखेलमा न्यायलाई हालियाे जेलमा' लगायतका नारा लगाइएकाे छ ।

 

dr.kc

विशेष