News

डा. केसीका वकिलले भने, ‘प्रधानन्यायाधीश पराजुलीलार्इ झिकाउ’

प्रधानन्यायाधीश पराजुलीलाई इजलासमा उपस्थित गराउन माग

डा. केसीका वकिलले भने, ‘प्रधानन्यायाधीश पराजुलीलार्इ झिकाउ’

काठमाडाैं । डा. केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दाको बहस सर्वोच्चमा न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा भएकाे छ । बहसमा डा.केसीका वकिलहरुले प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीलाई पनि इजलासमा उपस्थित गराउन माग गरेका छन् ।

 

बयानका क्रममा र इजलासमै डा. केसीले पराजुलीमाथि गम्भीर आरोप लगाएका छन् । डा. केसीको तर्फबाट बहस गर्ने वकिलहरुले प्रधानन्यायाधीशलाई पनि बेञ्चमा झिकाउन माग गरेका छन् । अधिवक्ता दिनेश त्रिपाठीले पराजुलीलाई इजलासमा झिकाएर आफ्ना कुरा राख्न दिनुपर्ने बताए ।

 

साथै प्रधानन्यायाधीशमाथि लागेको आरोपहरुबाट छानविन गर्नुपर्ने केसीका वकिलहरुको माग छ ।

Gopal Parajuli

विशेष