News

राष्ट्रिय एकता मक्किदै गयोः पूर्वराजा ज्ञानेन्द्र (विज्ञप्तिको पूर्णपाठ)

राष्ट्रिय एकता मक्किदै गयोः पूर्वराजा ज्ञानेन्द्र (विज्ञप्तिको पूर्णपाठ)

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको राजनीतिक परिवर्तनपछि सार्वभौमिक स्वतन्त्रता, राष्ट्रिय एकता, सामाजिक सद्भाव तथा क्षेत्रीय अख०८ता मक्किदैं गएको बताएका छन् । राष्ट्रिय एकता दिवसको अवसरमा बुधबार शुभकामना दिँदै यस्तो बताएका हुन् ।

 

नेपाली जनतामा निहित देशप्रतिको ममता भावले राष्ट्रिय जागरण पैदा गर्ने आशाको दियो जगाएको पूर्व राजा ज्ञानेन्द्रले जारी गरेका विज्ञप्तिमा बताईको छ ।

 

'नेपाली जनतामा निहित देशप्रतिको ममता भावले राष्ट्रिय जागरण पैदा गर्ने आशाको दियो जगाएको छ । तर नेपालप्रति सम्मान भाव नराखी यसको एकता र सद्भाव विथोल्न भएका अनेकौं प्रयास अझै जारिरहेको छ । त्यसैले हाम्रो राष्ट्रिय धर्म, परम्परा, संस्कृति, राष्ट्रिय एकता र स्थायित्वको निम्ति थप प्रतिवद्धताकासाथ जागृत हून परेको छ,' विज्ञप्तिमा भनिएको छ ।

 

विज्ञप्तिको पूर्णपाठ यस्तो छ,

 

पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट २९६औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवशको उपलक्ष्यमा २०७४ पौष २७ गते बक्सेको शूभकामना ।

 

आधूनिक स्वतन्त्र राष्ट्र नेपालको निर्माता एवं नेपाली एकताका धरोहर श्री छ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको २९६ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवशको ऐतिहासिक अवसरमा म समस्त नेपाली दाजूभाइ तथा दिदीबहिनीहरुमा शूभकामना व्यक्त गर्दछू ।

 

देश भनेकै मानवसमाजकै समष्टिगत एकता, मौलिक संस्कृति, धर्म, परम्परा र विशिष्ट पहिचानको समग्र रुप होे । देश रहे मात्र हामी र हाम्रो धर्म, संस्कृति, परम्परा एवं पहिचान रहन सक्दट । हाम्रो मौलिकता बा¤चेको अवस्थामा मात्र हामी आत्म गौरवकासाथ बाँचिरहन सक्दछौं ।

 

नयां नेपालको सपना देखाउंदै गरिएको राजनीतिक परिवर्तन पश्चात हाम्रो सार्वभौमिक स्वतन्त्रता, राष्ट्रिय एकता, सामाजिक सदभाव तथा क्षेत्रीय अखण्डता मक्किदैं गएको छ । आफ्नै भुमिभित्र एउटा नेपालीले अर्को नेपालीलाई वैरभावमा देख्ने परिस्थिति बनेको वर्तमानमा हिमाल, पहाड र तराईमा बसोबास गर्ने हामी नेपालीलाई भौगोलिक एवं सामाजिक एकताको कडीमा राख्नूपर्ने आजको यथार्थलाई सबैले सगौरव आत्मसाथ गर्नू पर्दछ ।

 

निर्दयी कदम चाल्नेहरुलाई, जनतामा आएको सचेतनाले, नेपालको अस्तित्व नै खतरामा पर्ने त्रास उत्पन्न भइरहेको वर्तमानमा, सम्भालिएर अघि बढ्नू पर्ने वाध्यतामा पू¥याई दिएको छ । नेपाली जनतामा निहित देशप्रतिको ममता भावले राष्ट्रिय जागरण पैदा गर्ने आशाको दियो जगाएको छ । तर नेपालप्रति सम्मान भाव नराखी यसको एकता र सद्भाव विथोल्न भएका अनेकौं प्रयास अझै जारिरहेको छ । त्यसैले हाम्रो राष्ट्रिय धर्म, परम्परा, संस्कृति, राष्ट्रिय एकता र स्थायित्वको निम्ति थप प्रतिवद्धताकासाथ जागृत हून परेको छ ।

 

पूरानो नेपालको जगेर्ना गरेर मात्र नयां नेपाल बनाउन सकिने वास्तविकता आत्मसाथ गर्दै राष्ट्रिय स्वाभिमान पूनर्उत्थान तथा समृद्घिका निम्ति एकतावद्ध भई क्रियाशिल बनौं, यो नै राष्ट्र निर्माताप्रतिको सच्चा सम्झना र देशप्रतिको कर्तव्यबोध ठहरिनेछ ।

विशेष