केसीलाई बिना धरौटी तारेखमा रिहा, प्रधानन्यायाधीशकाे प्रमाणपत्र पनि झिकाउन अादेश (निर्णयकाे पूर्णपाठ)
डा केसीलार्इ अधिवक्ता सुरेन्द्र भण्डारीको जिम्मा
काठमाडाैं । सर्वोच्च अदालतले डा गोविन्द केसीलाई बिना धरौटी तारेखमा रिहा गरेको छ । केहीबेर अघि तयार भएको संक्षिप्त आदेशमा डा केसीलाई तारिकमा रिहा गर्ने भनिएकाे हाे ।
अादलतले डा केसीलार्इ उनका कानुन व्यवसायी एवम् वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीको जिम्मा लगाउने अादेश दिएकाे छ । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको इजलासले यो आदेश दिएको हो ।
साथै, अादेशमा अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीको प्रमाणपत्र विवादका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयबाट बुझ्ने भनिएको छ । प्रधानन्यायाधीश पराजुलीकाे प्रमाणपत्रको सम्बन्धमा न्यायपरिषद्बाट कागज झिकाउनेसमेत अादेशमा उल्लेख छ ।
त्यस्तै, डा शशी शर्माको मुद्दाबारे भने सर्वोच्च अदालतबाटै मिसिल झिकाएर अध्ययन गरिने आदेशमा उल्लेख छ ।
डा केसीलार्इ प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै अनसन सुरु गरेलगत्तै अदालतले उनलाई पक्राउ गर्ने आदेश दिएको थियो । अदालतको मानहानी मुद्दामा उनी सोमबार साँझ पक्राउ परेका थिए ।
डा केसीले आफ्नो माग पूरा नहुन्जेल अनसन जारी राख्ने बताएका छन् । उनले प्रहरी हिरासतभित्र पनि आफ्नो अनसन जारी राखेका थिए ।