अचानक के भयो आइजीपी अर्याललाई घर बिदामा बसे
काठमाण्डौ -नेपाल प्रहरीका आईजीपी प्रकाश अर्याल तीन दिन विरामी बिदा लिएर बसेका छन् ।
मंगलबारदेखि बिदामा बसेका उनको छातीमा ईन्फेक्सन भएको बताइएको छ । उनि अहिले घरमै आराम गरि रहेको अर्याल निकट स्रोतले जानकारी दियो । संयोग नै भन्नु पर्छ सर्वोच्च अदालतको आदेशमा अनसनमा बसेका डा गोविन्द केसीलाई पक्राउ गरेसंगै उनी बिदामा बसेका हुन् ।
प्रधानमन्त्री तथा गृहमन्त्री शेरबहादुर देउवाले डा. केसीको गिरफ्तारिकाबारे आफुलाई जानकारी समेत नगराएको अभिव्यक्तिपछि अर्याल बिदामा बसेका हुन । अर्याल बिदामा बसेपछि अपराध अनुसन्धान विभागका प्रमुख एआईजी बमबहादुर भण्डारी निमित्त आईजीपी बनेका छन् ।
IGP Aryal