News

डनदेखि मन्त्रीसम्म बनेका बाेहराकाे रोचक प्रेम कहानी

डनदेखि मन्त्रीसम्म बनेका बाेहराकाे रोचक प्रेम कहानी

"प्रिय उन्नति, म तिमीलाई एकदमै मन पराउंछु, धेरै माया गर्छु । मलाई तिम्रो जवाफ चाहियो । तिम्रो मात्र तिम्रो दिपक ।" कहिलै बोलचाल नगरेका अहिलेका श्रममन्त्री दिपक बोहराले उन्नतिलाई ४० बर्ष अगाडि लेखेको पत्र हो । दुनियांलाई धर्काउंदै हिड्ने बुटवलका डन दिपकलाई उन्नतीले सोधिन्, "यो पत्र तपाईले लेखेको हो ?" बाइकमा शानसंग बसेका बोहोरा  उन्नतिको प्रश्नबाट हच्किए ।

होइन भनिदिए । तर पछि लाग्न छोडेनन्। उन्नति बस्ने बेन्चमा मुटुको चित्र खोपिदिन्थे । उन्नतिले हेडसरसंग गुनासो गरिन् । अनुशासनमा सम्झौता  नगर्ने हेडसर दिपकको सवालमा भने हच्किए । दिपकलाई हप्काउलान् भनेको त उल्टो वास्ता नगर यस्तोलाई भनेर उम्किए । दिपकले हैरान पारे । पोखरा गयो पोखरै पुग्ने । रातभरि उन्नति बसेको होटेल बाहिरै बस्ने । फर्कदा उहीं बसमा चढ्ने । छेउमा अरु कोही बसेको छ भने उसलाई उठाएर आफैं बस्ने । कुंइनाले ठोक्काउने । हैरान पारे दिपकले । दिपकको आफ्नै शैली थियो । उन्नतिलाई पाच्य थिएन । पाच्य नहुंदा नहुंदैपनि प्रेम टुसाउन थाल्यो । उन्नतिले शर्त राखिन्, आनीबानी सुर्धार्ने हो भने विवाह नै गर्ने । दिपकलाई के चाहियो ? हुन्छ भनिदिए ।  

यसरी एउटा डनको जीबनमा परिवर्तन शुरु भयो ।

दिपक क्षेत्रीको छोरा । उन्नति मगरकी छोरी । दुबैको घरमा यि दुईको प्रेम र विवाह स्विकार्य भएन । उन्नतिलाई बुबाले हप्काउने कुट्ने गर्नुहुन्थ्यो । तर, प्रेमलाई छेकबारले मलजलकै काम गर्दो रहेछ । विवाहपछि दिपक पूरै सुध्रेको अन्नति बताउंछिन् ।

डन दिपक राजनीतिमा लागे । मरिचमानसिंहको मन्त्रिपरिषद्मा ३० बर्षमै सहायकमन्त्री बने । अहिलेपनि मन्त्री छन् । कमै केहीको छैन । उन्नतिपनि राम्रै कमाउछिन् । श्रीमान्लाई १ करोडसम्म सापट दिएको अनुभव छ । तर, दोब्बर गरी दिन्छु भनि लगेको पैसा दिपकले फिर्ता गरेको उनलाई जानकारी छैन ।  

 

विशेष