News

विमलेन्द्र भन्छन् गाेविन्द केसी नानीमैया हुन्, आखिर को हुन त नानीमैया ?

विमलेन्द्र भन्छन् गाेविन्द केसी नानीमैया हुन्, आखिर को हुन त नानीमैया ?

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले डा गोविन्द केसीको आन्दोलन र अनशनलाई नानीमैयाँ प्रवृत्ति भनेर व्यंग्य गरेका छन्।

निधिले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, अदालतको अवहेलना र अनशन दुवै फेसन हुन लागेको छ। उनले थपेका छन्, नानीमैयाँ प्रवृत्तिको लोकप्रियता बुद्धिविलासका लागि त रमाइलै होला । तर, व्यवस्थापकीय एवं शासकीय उत्पादनका लागि कति बुद्धिमत्तापूर्ण हुन्छ ख्वै ?

निधिले लगत्तै दोस्रो ट्विट गर्दै लेखेका छन्, सरकार, संसद र अदालत तीन वटै राज्यको अंग मैले भनेअनुसार नै चल्नुपर्छ। आइ एम द स्टेट होइन र यो ? नानीमैयाँको पुलिंग अवतार र भक्तहरु...

निधिले पञ्चायतकालमा लहैलहैमा चुनाव जितेकी नानीमैयाँसँग तुलना गरेर डा केसीको अनशन र उनलाई समर्थन गर्नेहरुप्रति आक्रोश पोखेका हुन्।

नानीमैयाँ दाहालले २०३८ सालमा भएको राष्ट्रिय पञ्चायत चुनावमा काठमाडौंका दुई मध्ये १ सिटमा पञ्चालयका उम्मेदवारलाई पराजित गरेकी थिइन्। तत्कालीन नेकपा मालेका युवा नेताले पञ्चायती चुनावको वहिस्कार गर्न पञ्चायतका उम्मेदवार विरुद्ध छाडा शव्द बोल्दै हिँड्ने र कसैलाई वास्ता नगर्ने नानीमैयाँलाई उम्मेदवार बन्न हौस्याएका थिए। अन्ततः नानीमैयाँले पञ्चायतका उम्मेदवार कमल चित्रकारलाई पराजित गरिदिएकी थिइन्।

विशेष