विदेश

बिहानै तीन पटक पाँच म्याग्नीच्युटका भूकम्पको झड्का

बिहानै तीन पटक पाँच म्याग्नीच्युटका  भूकम्पको झड्का

इरान–इराक सीमा क्षेत्रमा भूकम्पको झड्का महशुस गरिएको छ ।

अमेरिका भूगर्वको अध्ययन संस्थाको अनुसार स्थानीय समयमा बिहानको ११ः२० मा पाँच म्याग्नीच्युटको तीनपटक भूकम्प गएको छ । भूकम्पको झड्का इराकको राजधानी बागदादमा पनि महशुस गरिएको थियो ।

भूकम्पबाट भएको क्षतिको विवरण भने आइसकेको छैन । झड्का पछि मानिसहरु सबै घरबाट बाहिर सडकमा आएको बताइएको छ ।

गएको नोभेम्बरमा मात्र इरानमा ७.२ म्याग्नीच्युटको भूकम्प गएको थियो । उक्त समयमा ६०० जना भन्दा बढीको मृत्यु भएको थियो । त्यसअघि सन् २००३ मा गएको ६.६ म्याग्नीच्युटको भूकम्पमा इरानको २६ हजार जनाको मृत्यु भएको थियो ।

iran-iraq border

विशेष