विदेश

अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नै राष्ट्रियगान गाएनन् वा बिर्सिए (भिडियाेसहित)

डोनाल्ड ट्रम्पको भिडियो भाइरल बनाइयो

अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नै राष्ट्रियगान गाएनन् वा बिर्सिए (भिडियाेसहित)

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विभिन्न विषयमा विवादमा आइरहन्छन् । आलोचकहरुले उनका अन्तरकुन्तरका कुरा खोतलेर टिप्पणी गर्छन् भने कसैले उनलाई एक ‘हास्यपात्र’ को रुपमा पनि व्यंग्य गर्छन् ।

 

ट्रम्प पछिल्लो केही दिनयता यस्तै एउटा गस्सिपको पात्र बनेका छन् । ‘ट्रम्पले राष्ट्रियगानका शब्दहरु बिर्सिएछन्’ भन्दै उनको आलोचना र व्यंग्य सुरु भएको छ ।

 

एटलान्टास्थित एक कलेज फुटवल खेल प्रतिष्पर्धामा उपस्थित भएका डोनाल्ड ट्रम्पले अमेरिकाकै राष्ट्रियगानका शब्द बिर्सिको भनी सामाजिक संजालमा आलोचना भएको हो ।

 

साथै राष्ट्रियगान गाउने क्रममा ट्रम्पले बीच–बीचमा केही शब्द उच्चारण नै गरेका छैनन् । भिडियोमा देखिएअनुसार अरुले राष्ट्रियगान गाइरहँदा उनी केही बेर मौन बसेका । केही शब्द भने उनले उच्चारण गरिरहेका छन् ।

 

भिडियोमा के चाहीँ प्रष्ट छ भने, उनले राष्ट्रियगान बिर्सिएकै हुन् या त केही शब्द उच्चाराण गर्न नचाहेका हुन् ।

 

ट्रम्पको सोही भिडियो अहिले सामाजिक संजालभर भाइरल बनाइएको छ । हेरौँ भिडियो, ट्रम्पले साच्चै राष्यिट्रयगान बिर्सिएकै हुन् त ?

">

 

विशेष