News

अायाेगले मुख्य निर्वाचन अधिकृत तोक्याे, कुन प्रदेशमा को ? (नामावलीसहित)

अायाेगले मुख्य निर्वाचन अधिकृत तोक्याे, कुन प्रदेशमा को ? (नामावलीसहित)

काठमाडौं । माघ २४ गते हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनको लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत तोकेको छ । आयोगले प्रत्येक प्रदेशमा १–१ जना गरी ७ जना निर्वाचन अधिकृत तोकेको हो ।

 

आयोगले जिल्ला न्यायाधीशहरुलाई निर्वाचन अधिकृतका रुपमा नियुक्त गरेको छ । आयोगले न्याय परिषद् सचिवालयले सिफारिस गरेका जिल्ला न्यायाधीशहरुलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको जनाएको छ ।

 

निर्वाचन अधिकृतको कार्यालय भने पुस २९ गते स्थापना गर्ने आयोगले जनाएको छ । कार्यालय सम्बन्धित प्रदेशको उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा स्थापना भएको छ ।

 

कुन प्रदेशमा मुख्य निर्वाचन अधिकृत को ?

प्रदेश १ – मोरङका जिल्ला न्यायाधीश राजुकुमार खतिवडा

प्रदेश २ – धनुषाका जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेती

प्रदेश ३ – ललितपुरका जिल्ला न्यायाधीश बालकुमुन्द दवाडी

प्रदेश ४ – कास्कीका जिल्ला न्यायाधीश दीपेन्द्र अधिकारी

प्रदेश ५ – दाङका जिल्ला न्यायाधीश हेमन्त रावल

प्रदेश ६ – सुर्खेतका जिल्ला न्यायाधीश जयानन्द पनेरु

प्रदेश ७ – डोटीका जिल्ला न्यायाधीश नरनारायण पौडेल

विशेष