News

गाैचन हत्यामा संलग्न थप तीन जना पक्राउ

गाैचन हत्यामा संलग्न थप तीन जना पक्राउ

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गाैचनकाे हत्यामा संलग्न थप ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा राजकुमार शाह, सूर्य बाजी र श्याम गुप्ता रहेका छन् । उनीहरू समातिएसँगै पक्राउ अभियुक्तकाे संख्या ११ पुगेकाे छ । 

घटनाका मुख्य याेजनाकार समिरमानसिंह बस्नेतसहित ६ जना पक्राउ परिसकेका छन् । त्यस्तै घटनामा प्रयाेग भएकाे पेस्ताेलसहित अन्य दुर्इ जनालार्इ पनि यसअघि नै पक्राउ गरिसकेकाे छ । 

योजनाकार समूहमा रहेका मनोज पुन, गंगा लिङदेन, श्यामबहादुर गुम्बे भने अझै फरार छन् ।

sharadkumar gauchan

विशेष