News

पासाङलाई भेट्न घरमा पुगे माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड

पासाङलाई भेट्न घरमा पुगे माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड


काठमाडौं । अघिल्लो साता मुटुको अप्रेसन गरेर घरमै आराम गरी रहेका माओवादी केन्द्रका नेता पासाङ शेर्पालाई अध्यक्ष प्रचण्डले भेट गरेका छन्  ।

सोमबार बिहान नेता शेर्पाको निवास काठमाडौं–६, भङ्गालमा पुगी प्रचण्डले भेट गरेका हुन् । भेटमा अध्यक्षले नेता शेर्पाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

पुस ७ गते टिचिङ अस्पतालमा मुटुको शल्यक्रिया गरेका शेर्पा घरमै आराम गरीरहेका छन् । शेर्पासँगको भेटमा माओवादी केन्द्रका नेता मात्रिका यादवसमेत सहभागी थिए ।

विशेष