News

 अबकाे लडार्इं डा. केसी भर्सेस केपी अाेली

डा. गाेविन्द केसीको लडाईँ केपी ओलीविरुद्ध

 अबकाे लडार्इं डा. केसी भर्सेस केपी अाेली

काठमाडौं । सहज स्वास्थ्य सेवाको लागि आन्दोलनरत डा. गोविन्द केसीको घुमाउरो तीर नेकपा एमालेका नेताहरुतिर सोझिन्छ नै ।

 

आन्दोलनको प्रारम्भिक चरणदेखि नै डा. केसीको लडाईँ एमालेका नेताहरुको लगानी रहेको मनमोहन मेमोरियल कलेज लगायत सम्बन्धन राखेजीतर्फ उन्मुख थियो ।

 

यस्तो बुझेपछि डा. केसीको समर्थन गर्दै सडकमा ओर्लिएका एमाले नेताहरु घर फर्किए । यद्यपि, डा. केसीको अभियान र एमाले नेताहरुबीचको तुष कहीँ न कहीँ मुछिएकै छ ।

 

बुधबार मात्रै एमाले अध्यक्ष केपी ओलीले डा. केसीलाई खिसिट्युरी गर्दै व्यंग्य गरेपछि केसीका समर्थकहरु एमालेतर्फ चनाखो बनेका छन् ।

 

बिहीबार उनीहरुले सार्वजनिक रुपमै एमालेका अध्यक्ष केपी ओलीप्रति असन्तिुष्टि पोखेका छन् । डा. केसीका समर्थक तथा कानुनी सल्लाहकार ओम प्रकास अर्यालले अबको नैतिक लडाईँ केपी ओलीसँग भएको बताए ।

 

ओलीले बैंकक जानुअघि केसीलाई खिसिट्युरी गरेको भन्दै अर्यालले त्यसको विरोध गरे । अर्यालले भने, ‘अबको हाम्रो नैतिक लडाईँ केपी ओलीसँग हो ।’

 

डा. केसीका अर्का समर्थक तथा सहयोगी डा. अभिषेक राज सिंहले पनि एमाले अध्यक्ष ओलीप्रति आक्रोशित बने । उनले ओलीलाई ‘माफियाहरुको घेराबाट बाहिर आएर बहस गर्न’ आग्रह गरेका छन् ।

 

सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीको विरुद्ध दिनभर आन्दोलन गरिरहेका डा. केसीका समर्थकहरु अब भने एमाले अध्यक्ष केपी ओलीविरुद्ध बोल्न थालेका छन् ।

 

त्यसो त, एमालेका केही नेताहरुले डा. केसीको आन्दोलनलाई एमालेविरोधी आन्दोलनको रुपमा ब्याख्या गर्दैआएका छन् ।

 

डा. केसीका समर्थकहरु भने यो नैतिकता र सत्यको लामो लडाईँ भएको बताउँदैआएका छन् ।

 

विशेष