News

आज सार्वजनिक विदा, विदेशमा रहेका दूतावास पनि बन्द

आज सार्वजनिक विदा, विदेशमा रहेका दूतावास पनि बन्द

काठमाडौं । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिने भएको छ। आज विदेशमा रहेका नेपाली दूतावासहरु समेत बन्द रहने गृह मन्त्रालयले जनाएको छ।

सरकारले एक महिनाअघि नै बिदाबारे निर्णय गरिसेको थियो। सोमबार विज्ञप्ति निकालेर गृहले त्यससम्बन्धी थप प्रस्ट पारेको हो।

उपप्रधानमन्त्री कमल थापाको दबाबमा बिदा दिने निर्णय गरिएको हो। यो निर्णयप्रति कतिपयले आलोचना पनि गरेका छन्। २०६३ सालपछि पुस २७ गतेको बिदा कटौती गरिएको थियो।

विशेष