नेप्सेमा ४४ अंकको वृद्धि

काठमाडौं । लगातार घटेको नेपाली शेयर बजार ११ औं दिनमा भने उल्लेख्य रुपमा बढेको छ । आइतबारसम्म १२९.५७ अंकले घटेको बजारमा सोमबारको परिसुचक नेप्से ४४ दशमलव २२ अंकले बढेर १ हजार ४३४ दशमलव ८० अंकमा पुगेको छ ।
आइतबार २४ अंकले घटेको बजार सोमबार झण्डै दोब्बर अंकले बढेको हो । यस दिन नेप्सेमा कारोबार भएका १६३ कम्पनीमध्ये १२ कम्पनी बाहेक सबै कम्पनीको शेयर मूल्य बढेको छ ।
यस दिन कारोबारमा आएका अन्य बाहेक सबै समूहका सूचक वृद्दि भएका छन् । तर बजार बढेपनि कारोबार रकम भने बढेको छैन् । सोमबार ४९ करोड ४३ लाख रुपैयाँको सेयर किनबेच भएका छन । आइतबार ५८ करोडका सेयर किनबेच भएको थिए । बजार ४४ अर्बले बढ्दा लगानीकर्ताको सम्पत्ति ५२ अर्बले बढेको छ ।
share bajar