News

६ दलको समानुपातिक सूचिमा त्रुटि, सच्याउन तीन दिनको समय

६ दलको समानुपातिक सूचिमा त्रुटि, सच्याउन तीन दिनको समय

काठमाडौं । निर्वाचन आयोगले ६ राजनीतिक दहहरुको प्रदेशसभाको समानुपातिक तर्फ प्रस्तावितक नामावलीमा त्रुटि देखिएकाले सच्याउन पत्रचार गरेको छ । सोमबार बसेको बैठकले सो निर्णय गरेको हो । आयोगले त्रुटि सच्याउन तीन दिनको समय दिएको छ ।

नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा)नेपाल संघीय समाजवादी फोरम नेपाल, जनमोर्चा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई कानुन अनुसार सूचि मिलाएर पठाउन पत्रचार गरेको छ । ती दलहरुले पठाएका नामावलीमा समावेशी समूह नमिलेको, क्रम मिचिएको महिलाको अनुपात नमिलाएको लगायतका त्रुटि देखिएको छ ।

आयोगले सातैवटै प्रदेशसभाको समानुपतिकतर्फको २ सय २० सिटको परिणम पुस ७ गते सार्वजनिक गरेको थियो । प्राप्त मतअनुसार १३ वटा राजनीतिक दलहरुले प्रदेशसभामा समानुपातिक सिट पाएका छन् ।

विशेष