News

गोविन्द केसीले अनशन जारी नै राख्ने

गोविन्द केसीले अनशन जारी नै राख्ने

काठमाडौं । चिकित्सा शिक्षा क्षेत्रको विसंगतिविरुद्ध उत्रिएका डा। गोविन्द केसीले चौधौं पटकको अनशन जारी राख्ने भएका छन् ।

बिहीबार बिहान कुरा गर्दै केसीले आफूले राखेको चिकित्सा सेवा आयोगको गठनलगायत माग पूरा नभएसम्म अनशन जारी राख्ने बताएका हुन्। उनले अदालतले शैक्षिक प्रमाणपत्र र नागरिकता छानविन गर्नु भनिसकेपछि प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले पदमा बस्न नहुने बताए।

अदालतले छानबिनको दायरामा ल्याइसकेपछि प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ’, उनले भने, नत्र अदालतको अनुसन्धान प्रभावित हुन्छ।ु सर्वोच्च अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपि, शैक्षिक प्रमाणपत्र र उनको उमेर सम्बन्धमा न्यायपरिषद्ले गरेको निर्णय झिकाउन बुधबार आदेश दिएको थियो। सर्वोच्च अदालतको अवहेलना मुद्दा लागेका डा गोविन्द केसीले प्रधानन्यायाधीश पराजुलीसँग दुई नागरिकता रहेको र एसएलसी पास नभएको आरोप लगाएका थिए।

त्यस्तै डा केसीले स्वास्थ्य प्रतिष्ठानको डीन डा शर्मालाई पुनर्बहाली गर्नु गलत भएको भन्दै विरोध जनाएका थिए। सर्वोच्च अदालतको अवहेलना मुद्दामा पक्राउ परेका चिकित्सक केसीलाई बुधबार सामान्य तारेखमा रिहाइ गरिएको थियो। सोमबार राति त्रिवि शिक्षण अस्पतालमा अनशनमा बसेका बेला उनलाई पक्राउ गरिएको थियो।

विशेष