विदेश

१८ वर्ष पुगेका युवतीले मदिरा सेवन गर्न पाउने

१८ वर्ष पुगेका युवतीले मदिरा सेवन गर्न पाउने


श्रीलंका । श्रीलंकामा १८ वर्ष उमेर नाघेका महिलाहरूलाई पनि मादक पदार्थ खरिद गर्न अनुमति दिने निर्णय गरिएको छ ।

करिब ६ दशकसम्म महिलाहरूलाई मादक पदार्थ खरिद गर्ने व्यवस्थामा बन्देज लगाइएको थियो । महिलामाथि विभेद भएको स्वीकार गर्दै सरकारले सन् १९५५ को उक्त कानुन संशोधनको तयारी गरेको छ ।

कानुनले बन्देज लगाए पनि उक्त कानुनको पूर्णपालना भएको थिएन । नयाँ कानुनअन्तर्गत महिलाहरूले अब लाइसेन्स प्राप्त मदिरालय वा रेस्टुरामा काम गर्न वा मदिरा पिउन सरकारबाट अनुमति लिनु पर्ने छैन ।

सरकारको निर्णयलाई धेरैले स्वागत गरेपनि कतिले महिलाहरू रक्सीको लतमा फस्नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । 

विशेष