विदेश

बालिकाको बलात्कारपछि हत्या गरेको भन्दै पाकिस्तान भर प्रदर्शन, २ जनाको मृत्यु

बालिकाको बलात्कारपछि हत्या गरेको भन्दै पाकिस्तान भर प्रदर्शन, २ जनाको मृत्यु

पाकिस्तान । पाकिस्तानका एकजना ७ वर्षीया बालिकाको बलात्कारपछि गरिएको हत्याको विरोधमा पाकिस्तानमा देशव्यापी प्रदर्शन जारी रहेको समाचार छ ।

स्थानीय सञ्चारमाध्यमहरुका अनुसार पञ्जाव प्रान्तकी वासिन्दा सात वर्षीया जाइनाबलाई गत जनवरी ५ मा ट्युसन पढ्न गइरहेको बेला अपरान्ह एक सङ्कास्पद व्यक्तिले अपहरण गरेको थियो ।

बालिकालाई अपहरण गरेको दृश्य सिसिटीभीको फुटेजबाट पत्ता लागेको थियो । त्यसपछि उनको शव उनलाई अपहरण गरिएको स्थानबाट एक माइल पर चार दिनपछि भेटिएको थियो ।

उनको शव फोहोरको कन्टेनरमा भेटिएको थियो । त्यसपछि उक्त घट्नाको विरोधमा पञ्जावमा आन्दोलन भएको थियो । प्रदर्शनकारीहरुले बालबालिकामाथि हुने गरेका यस्ता हिंसाको घट्नाका दोषीलाई कडाभन्दा कडा कारबाही माग गरिरहेका छन् ।

उनलाई बारम्बार बलात्कार गरेर हत्या गरिएको देखिएको प्रतिवेदन प्रहरीले दिएको थियो । त्यस घट्नाले पाकिस्तान स्तब्ध भएको बताइएको छ । हत्यारा पत्ता नलाग्दासम्म ती बालिकाको अन्त्येष्टि नगरिने उनका बुबाले अडान लिएका छन् । आज चौथो दिन पनि पाकिस्तानका विभिन्न सहरमा विरोध प्रदर्शन जारी छन् र उनीहरुले हत्यारा पत्ता लगाएर उसलाई कडाभन्दा कडा कारबाही गर्न माग गरिरहेका छन् ।

विशेष