News

सार्वजनिक भयो गोपाल पराजुलीका प्रमाणपत्र, यस्ता छन्

सार्वजनिक भयो गोपाल पराजुलीका प्रमाणपत्र, यस्ता छन्

काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुलीका नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रबारे विवाद भैरहँदा उहाँका प्रमाणपत्रका प्रतिलिपि सार्वजनिक भएको छ ।

नागरिकताको प्रतिलिपि अनुसार जन्म २०१६ वैशाख १६ गते भएको हो । जिल्ला प्रशाशन कार्यालय काठमाडौंबाट लिइएको नागरिकताको प्रतिलिपि नम्बर १८०३–४४१–३०१० देखिन्छ । पहिले लिएको नागरिकतामा जन्ममिति नभएर उमेर मात्रै लेखिएकाले पछि शैक्षिक प्रमाणपत्रको आधारमा जन्ममिति राखेर नागरिकताको प्रतिलिपि बनाएको बुझिएको छ ।

शैक्षिक प्रमाणपत्रको प्रतिलिपि हेर्दा उहाँले शारदा मावि चितवनमा कक्षा १० सम्म पढेको र वीरगंजको नेपाल राष्ट्रिय विद्यापीठबाट एसएलसी उतिर्ण गरेको पाइएको छ ।

 

अदालतको अवहेलना मुद्दामा बयान दिने क्रममा डा गोविन्द केसीले पराजुलीमाथि शैक्षिक योग्यता नपुगेको र दुईवटा नागरिकता लिएकोलगायतका अभियोग लगाएपछि प्रधानन्यायाधीस विवादमा तानिएका छन् ।

पराजुलीले काठमाडौं जिल्ला प्रशासनबाट लिएका नागरिकता, न्यायपरिषदबाट उमेरको सवालमा भएको निर्णय र शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपिहरु झिकाउन सर्वोच्चले आदेश दिइसकेको छ ।

विशेष