News

यस्ता छन् मन्त्रीपरिषद् बैठकका सात निर्णय

यस्ता छन् मन्त्रीपरिषद् बैठकका सात निर्णय

काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्नेबारे निर्णय गर्न सकेन।

आजको बैठकले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने निर्णय हुन सक्ने बताइएको थियो। यसका लागि अन्य दलसँग छलफल गर्नुपर्ने भएकाले आजै निर्णय गर्न नसकिएको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए।

त्यस्तै आज बसेको मन्त्रीपरिषदको बैठकले भने अन्य केही महत्वपुर्ण निर्णय भने गरेको छ ।

न्याय सेवाको विशिष्ठ श्रेणीमा महेन्द्रनाथ उपाध्यायलाई बढुवा गर्ने।

२०७५ को राष्ट्रिय आर्थिक गणना आदेश सूची बैसाख १ मा जारी गर्ने।

विश्व बैंकबाट ८ अर्ब ऋण स्वीकार गर्ने।

धनकुटाको छिन्ताङमा २०३६ सालमा मारिएका १६ जनालाई सहिद घोषणा गर्ने।

उपरथि गौरव तन्डुललाई रथीमा बढुवा गरी युएन मिसन कमान्डरको प्रतिस्पर्धाका लागि पठाउने।

सरकारको पुनरावदेन समितिमा हेमराज पन्तलाई पठाउने।

प्राविधिक सहायक रथीमा गजेन्द्रराज शर्मालाई बढुवा गर्ने।

विशेष