मुख्य समाचार News

अन्ततः प्रधानन्यायाधीश पराजुली राजीनामा दिने मुडमा

अन्ततः प्रधानन्यायाधीश पराजुली राजीनामा दिने मुडमा


काठमाडौ । डा गोविन्द केसीविरुद्ध मानहानीको मुद्दामा उमेर र शैक्षिक प्रमाणपत्रको आधिकारिकता विवादमा तानिएका प्रधानन्यायाधीश गोपाल पराजुलीले शुक्रवार आफ्नो बेञ्चमा कुनै पनि मुद्दा राखेका छैनन् ।

सर्वोच्च अदालतको शुक्रवारको पेशी सूचीमा प्रधानन्यायाधीशको बेञ्चमा कुनै पनि मुद्दा परेका छैनन् । सामान्यतः मुद्दाको पेशी प्रधान न्यायाधीशले नै तोक्ने परम्परा छ ।

शुक्रवारका लागि नौ वटा बेञ्च तोकिएका छन् । शुक्रवारको पेशी सूची अनुसार भ्रष्टाचार सम्बन्धी मुद्दा न्यायाधीशहरु हरिकृष्ण कार्की, इश्वरप्रसाद खतिवडा, शारदाप्रसाद घिमिरे र डम्बर बहादुर शाहीको बेञ्चमा राखिएका छन् ।

जग्गा विवाद सम्बन्धी मुद्दा मिरा खड्का र प्रकाशमान सिंह राउतको बेञ्चमा राखिएको छ । करसम्बन्धी मुद्दा आनन्द मोहन भट्टराई र तेजबहादुर केसीको बेञ्चमा राखिएको छ । कानुन व्यवसायीहरुले प्रधान न्यायाधीशले आफ्नो बेञ्चमा कुनै पनि मुद्दा नराख्नुलाई अर्थपूर्ण रुपमा लिएका छन् ।

विशेष