News मुख्य समाचार

३६ सालमा छिन्ताङमा मारिएका १६ जनालाई सहिदको घोषणा गर्ने सरकारको निर्णय

३६ सालमा छिन्ताङमा मारिएका १६ जनालाई सहिदको घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले छिन्ताङ काण्डमा मारिएका १६ जनालाई सहिद घोषणा गरेको छ । मन्त्रिपरिषदको आजको बैठकले उक्त निर्णय गरेको हो ।

२७ कात्तिक ०३६ मा धनकुटाको छिन्ताङ गाउँमा भूमिगत नेकपा मालेको गतिविधि नियन्त्रण गर्ने बाहनामा प्रहरीले गोली चलाउँदा १६ जनाको हत्या भएको थियो ।

तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको निर्देशनमा गोली चलाएको आरोप वामपन्थीहरूले लगाउँदै आएका बेला सरकारले मृतकहरूलार्इ सहिद घोषणा गर्ने निर्णय गरेको हो ।

त्यस्तै आजै प्रदेश सभाको अस्थायी मुकाम तोक्ने भनिए पनि कुनै निर्णय नभएको मन्त्रीपरिषद बैठकमा संलग्न एक मन्त्रीले बताए ।

विशेष