News

न्युनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा पराजुली

न्युनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा  पराजुली

काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा नेपाल पत्रकार महासंघ तथा नेपाल प्रेस युनियनका पूर्व उपाध्यक्ष गंगाधर पराजुली नियुक्त भएका छन् ।
मन्त्रीपरिषदको शुक्रवारको बैठकले पराजुलीलाई आागमी चार वर्षको नियुक्त गरेको हो । पोखरामा रहेर पत्रकारितामा क्रियाशील पराजुली करिब २५ वर्ष पत्रकारिता पेशा र पत्रकारिताको राजनीतिमा निरन्तर सक्रिय छन् ।

पराजुलीले नेपाली पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघ र लोकतन्त्रवादी पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको केन्द्रीय समितिका उपसभापति र उपाध्यक्ष भएर काम गरिसकेका छन् ।

२०६२–०६३ को जनआन्दोलन ताका पत्रकार महासंघको केन्द्रीय उपसभापतिका रुपमा क्रियाशील थिए । गोरखापत्र दैनिक र गोरखापत्र संस्थानका प्रकाशनहरु , कान्तिपुर दैनिक तथा कान्तिपुर पव्लिकेशनका प्रकाशनहरुका साथै नेपाल टेलिभिजन, नेपाल समाचार पत्र लगायत राष्ट्रिय संचारमाध्यममा लामो समय सक्रिय पत्रकारिता गरिसकेका छन् ।

विशेष