विदेश

अमेरिकामा देश निकाला शुरु

अमेरिकामा देश निकाला शुरु

काठमाडौं। अमेरिकाको इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट आइसिएसले सन् २०१७ करिब २ लाख २६ हजार १ सय १९ जनालाई देशबाट निकालेको छ ।

यीमध्ये नेपालीहरु ४५ जना पनि परेका छन् । ८१ हजार आन्तरिक डिपोर्टेसनमा परेका छन् । सन् २०१७ मा गैरकानुनी रुपमा अमेरिकामा बसोबार गर्ने र गैरकानुनी गतिविधिमा संलग्नलाई देश निकाला गरेको अमेरिकी इमिग्रेसनले जनाएको छ ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको रिपोर्ट अनुसार गत आर्थिक बर्ष सन् २०१६ मा २ लाख ४० हजार जनालाई आइसले अमेरिकाबाट देशनिकाला गरेको थियो । त्यस्तैगरि, आर्थिक बर्ष सन् २०१५ मा २ लाख ३५ हजार ४ सय १३ जना अमेरिकाबाट देशनिकालामा परेका थिए ।

विशेष