News

राँगो मार्न प्रहरीले चलायो गोली

राँगो मार्न प्रहरीले चलायो गोली

पोखरा। आफैले पालेको राँगाले हान्दा गम्भीर घाइते भएपछि प्रहरीले एक राउन्ड गोली प्रहार गरी राँगालाई मारेको छ ।

कास्कीको मादी गाउँपालिका–११ सैमराङमा आफैले पालेको राँगाले हान्दा बिहीबार सोही ठाउँका ४९ वर्षीय भीमबहादुर काफ्ले गम्भीर घाइते भएका छन् ।

उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । राँगालाई एक राउन्ड गोली प्रहार गरी मारिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

विशेष