विदेश

साउदीका महिला पहिलो पटक रंगशाला पुग्दा जे देखियाे .... (फाेटाेफिचर)

साउदीका महिला पहिलो पटक रंगशाला पुग्दा जे देखियाे .... (फाेटाेफिचर)

एजेन्सी । साउदी अरेबियाले यहाँका महिलालाई पहिलो पटक फुटबल खेलको प्याराफिटमा बस्न दिएकाे छ ।

महिलामाथि कडा नियम लागू रहेको मुस्लिम मुलुक साउदी अरेबियामा शुक्रबार पहिलो पटक फुटबल खेल स्टेडियमकाे प्याराफिटमा महिलालाई बस्न दिइएको हो ।

साउदी अरेबियामा दशकौंदखि महिलालाई रंगशालमा गएर फुटबलसहितका खेल हेर्न प्रतिबन्ध थियो ।

 

पछिल्लाे समय उदारवादी युवराज मोहम्मद विनको सुधार योजनाअन्तर्गत साउदी अरबका कटर नियममा बिस्तारै परिवर्तन हुन थालेको छ । 

त्यस्तै महिलालार्इ यातायातका साधन चलाउनसमेत अनुमति नभएकाे साउदीमा प्याराफिटमै गएर खेलकाे मज्जा लिन पाउँदा महिलाहरू हर्सित देखिन्थे ।

 जेद्धाह शहरस्थित रंगशालमा भएको फुटबल खेल हेर्न महिलाहरु परिवारसहित गएका थिए ।

यस्तै, युवराज बिनको योजनाअनुसार नै महिलालाई गाडी चलाउन नपाउने गरी लागेको प्रतिबन्ध पनि फुकुवा गर्ने भएका छन् ।

विशेष