News

जुत्ता सिउँने मोहितबाट जुस पिउँदै गाेविन्द केसीले अनसन ताेडे

जुत्ता सिउँने मोहितबाट जुस पिउँदै गाेविन्द केसीले अनसन ताेडे

काठमाडाैं । सोमबारदेखि अनसनरत डा गोविन्द केसीले आज शनिबार अनसन तोडेका छन्। त्रिवि शिक्षण अस्पतालअघि जुत्ता सिउँदै आएका सिरहाका मोहित मोचीले केसीलाई जुस पिलाई अनसन तोडाएका हुन् ।

सरकारसँग शुक्रबार राति पाँचबुँदे सहमति गरेपछि उनी अनसन तोड्न सहमत भएका थिए। शुक्रबार राति भएकाे वार्तामा चिकित्सा शिक्षा आयोग एक साताभित्रमा गठन गर्ने, सर्वोच्च अदालतको आदेश अनुसार आइओएमका डीनमा जगदीशप्रसाद अग्रवालको नियुक्तिलाई नै निरन्तरता दिने लगायत पाँचबुँदे सहमति भएको छ।

सरकारी वार्ता टोलीमा स्वास्थ्यमन्त्री दीपक बोहरासँगै स्वर्णिम वाग्ले, डा गोविन्द पोखरेल सहभागी थिए भने डा केसीका पक्षबाट डा अभिषेश सिंह, डा सुमन आचार्य, अधिवक्ता ओमप्रकाश अर्याल र डा कालु सिंहको सहभागिता थियो। अनसन तोड्नुअघि पत्रकार सम्मेलन गर्दै केसीले सहमति कार्यान्वयन नभइन्जेल खबरदारी जारी नै रहने बताएका छन्।

सर्वोच्च अदालतले आइओएमका डीनमा प्रा डा शशि शर्मालाई चार दिनका लागि पुनर्बहाली गरेसँगै डा केसी अाक्राेशित भएका थिए । उनले न्यायको किनबेच भएको भन्दै प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामाको मागसहित सोमबारदेखि आमरण अनसन थालेका थिए। 

विशेष