News

नारायणगढ–मुग्लिन सडक चार दिन बन्द नहुने

नारायणगढ–मुग्लिन सडक चार दिन बन्द नहुने

चितवन । नारायणगढ–मुग्लिन सडकखन्ड शनिबारदेखि चार दिन बन्द नहुने भएको छ ।

रातिको समयमा ६ घन्टा गाडी रोकेर सडक चौडा पार्ने काम चलिरहेको उक्त सडकखन्ड शनिबार ९आज०देखि चार दिन खुला रहने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ ।

थारु समुदायको माघी पर्व सुरु भएको र माघेसंक्रान्तिमा चितवनको देवघाटमा लाग्ने मेला भर्न देशैभरिबाट झक्तजन आउने भएकाले चार दिनलाई सडक खुला गरिएको हो । प्रहरीले शनिबार सार्वजनिक सूचना जारी गरी सो जानकारी दिएको हो ।

यसअघि, यही पुस १८ गतेदेखि राति १० बजेदेखि बिहान ४ बजेसम्म आवागमन बन्द गरेर भित्तो काट्ने काम भइरहेको थियो । चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तकाअनुसार शनिबारदेखि माघ २ गतेसम्म सडक खुला रहनेछ ।

शनिबारदेखि यहाँ सडकमा करिब ३० प्रतिशत सवारी चाप बढेको उनले जानकारी दिए । जसका कारण शनिबार दिनभर नै यातायात प्रभावित भएको थियो ।

जोखिम कम भएपनि सवारीको चाप बढ्दा प्रहरीलाई यातायात व्यवस्थापनमा मुस्किल परिरहेको छ । गाडी बिग्रने, ओभरटेक गर्ने र निर्माणकार्यले कतै–कतै एकतर्फी सडक चल्दा जाम बढ्ने गरेको छ । आयोजनाका प्रमुख चन्द्रनारायण यादवकाअनुसार सो सडकमा अहिलेसम्म ७० प्रतिशतमात्रै काम पूरा भएको छ ।

narayanghad muglin sadak

विशेष