विदेश

ट्रम्पलार्इ युरोपेली संघले भन्याे - 'पछाडि नहट्नु'

ट्रम्पलार्इ युरोपेली संघले भन्याे - 'पछाडि नहट्नु'

वासिङ्टन — युरोपेली संघ (ईयू)ले अमेरिकालाई इरानसँगको परमाणु सम्झौताबाट पछाडि नहट्न आग्रह गरेको छ । इरानको परमाणु कार्यक्रमबारे सन् २०१५ भएको सम्झौतालाई भंग गर्ने सम्बन्धमा अमेरिकी राष्ट्रपति ट्रम्पले निर्णय लिन सक्ने एक दिन अगाडि ईयूको त्यस्तो आग्रह आएको हाे ।

बेलायत, फ्रान्स, जर्मनीलगायत युरोपेली संघका शक्तिशाली राष्ट्रले इरानसँग भएको परमाणु सम्झौताप्रति समर्थन दोहोर्‍याएका छन् । उक्त सम्झौताको कट्टर आलोचक ट्रम्पले त्यसलाई खारेज गर्ने निर्णय लिने बताउँदै आएका छन् । त्यस्तो सम्झौता क्षेत्रीय सुरक्षाका लागि निकै महत्त्वपूर्ण भएको ईयूको भनाइ छ । 

बेलायत, फ्रान्स, जर्मनी र इरानका विदेशमन्त्री सहभागी ब्रसेल्सको बैठकमा ईयूकी विदेशनीति प्रमुख फेडेरिका मोगेरिनीले भनिन्, ‘इरानसँगको सम्झौताले सकारात्मक नतिजा ल्याइरहेकाले यसलाई निरन्तरता दिनुपर्छ ।’

करिब ३ वर्ष पुरानो सम्झौतामा इरान परमाणु कार्यक्रमलाई सीमित तुल्याउने प्रतिबद्धता जनाएको थियो । साथै सम्भौताअनुसार इरानमाथिका विभिन्न प्रतिबन्ध हटाइएका थिए ।

विशेष