News

तातोपानी नाका खोल्न चिनियाँ राष्ट्रपति सी जिनपिङले चासो देखाए

तातोपानी नाका खोल्न चिनियाँ राष्ट्रपति सी जिनपिङले चासो देखाए

काठमाडौं। तातोपानी नाका खोल्नका लागि चिनियाँ पक्षले नेपालसँग सुरक्षाको प्रत्याभूति माग गरेको छ। सुरक्षाका विषयमा चिनियाँ पक्षले बढी चासो राखेको र नेपालले सो सम्बन्धमा आवश्यक विश्वास दिलाउनु पर्ने देखिएको छ । गोरखा भूकम्पका कारण नेपाल चीन सीमाको खासा समेत भौगर्भिक रुपमा जर्जर भएको र त्यसको अध्ययन गरिरहेका कारण नाका सञ्चालनमा ल्याउन थप समय लागेको चिनियाँ पक्षले जानकारी गराएको चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले जानकारी दिए ।

गोरखा भूकम्पको ३४ महिना पुग्न लाग्दा समेत नेपाल र चीन जोड्ने ऐतिहासिक कोदारी सञ्चालनमा आउन नसकेकोमा नेपालीको चासो र चिन्ता बढिरहेको बेला राजदूत पौड्यालले चीनको न्यालमबाट खासा खण्डको सडक मर्मतमा चीन सरकारले विशेष जोड दिइरहेको र युद्धस्तरमा काम गरिरहेको जानकारी आफूले पाएकाले नेपालतर्फ पनि आवश्यक तयारी गर्नु पर्ने बताए। जुरे पहिरो, भोटेकोशीको बाढी, गोरखा भूकम्प र लार्चाको पुल गत बर्षायाममा बगाएका कारण नेपाल चीन सीमा सम्म पुग्ने अवस्था नभएकाले आफ्नातर्फको भौतिक पूर्वाधार निर्माणमा ध्यान दिनु पर्ने उनको भनार्इ छ।

बाह्रबिसे नगरपालिका, भोटेकोशी गाउँपालिका, नेपाल हिमालय सीमापार वाणिज्य संघ, नेपाल ट्रक कन्टेनर व्यवसायी संघ र उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकले शुक्रबार आयोजना गरेको ‘तातोपानी नाका सञ्चालन र कोदारी राजमार्गको स्तरोन्नति’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत पौड्यालले भने , ‘तातोपानी नाका खोल्न र कोदारी राजमार्ग सञ्चालनमा ल्याउन चिनियाँ राष्ट्रपति सी जिनपिङले नै चासो व्यक्त गर्नु भएको छ ।'

नेपालका तर्फबाट चीनमा भएका उच्चस्तरीय भ्रमणमा समेत पटक पटक सो विषयमा कुरा उठेको छ।’ ‘तातोपानी नाका खोल्ने विषयमा चीन सरकारले उच्च चासो राखेको छ। भौतिक पूर्वाधारका काम समेत भइरहेको मैले जानकारी पाएको छु, आशा गरौँ अब केही समय भित्रै सो नाका सञ्चालनमा आउँछ’, राजदूत पौड्यालले भने। अाजकाे नागरिकमा खबर छ ।

विशेष