विदेश

४५ करोड दश लाख डलरको चिठ्ठा परेपछि...

४५ करोड दश लाख डलरको चिठ्ठा परेपछि...

एजेन्सी । एक साता अघि ४५ करोड १० लाख डलर बराबरको मेगा मिलियन ज्याकपट जितेर असम्भवलाई सम्भव बनाउने फ्लोरिडाका २० वर्षीय साहन मिल्सर भन्छन् केही पैसा मानवकल्याणका लागि पनि खर्च गर्छु । उनले यो पुरस्कार पर्ने बित्तिकै २० वर्षकै उमेरमा कामबाट भने अवकाश लिएका छन् ।

अघिल्लो शनिवार साइनले किनेको मेगामिलनका ५ अंक मात्र त मिल्यो नै अन्तिम बल निकाल्दा मेगा नम्बरपनि मिलेपछि उनी एकै पटक करोडपति हुन हुन पुगे । जीवन सुरु गर्दानै उनलाई भाग्यले ठुलो धनराशिको मालिक वनाईदियो ।

चिठ्ठा परेपछि के गरे त रु पहिला त उनले भगवानलाई नै सम्झे । ओ माई गड ओहो भगवान् चिठ्ठा पर्ने बित्तिकै उनले फेसबुकमा लेखे । यो मेगामिलियन ज्याकपटको पुरस्कार राशि अहिलेसम्मकै चौथो ठुलो थियो । कयौँ पटक खुल्दा नपरेपछि पुरस्कार राशि बढिरहेको थियो ।

उनले कित्तावन्दीमा होइन एक पटक करिब २९ अर्ब नेपाली रुपैंया एकैपटक लिने निर्णय गर्दै पुरस्कार दाबी गरेका छन् । एकैपटक करोडपति भएको सहनको योजना भने ठुला छैनन् फ्लोरिडाको महँगो ठाउँ टेम्पामा घर किन्ने, आवश्यकता भएकालाई सहयोग गर्ने इच्छा उनले फ्लोरिडा लटरीलाई बताए ।

म २० वर्षको भएँ मेरो जीवन यात्रा बल्ल सुरु हुदैंछ, जीवन निकै सुन्दर छ र आफ्नो इच्छामा बांच्नुपर्छ उनले आफ्नो विज्ञप्तिमा लेखेका छन् मेरो इच्छा परिवारको हेरविचार, केही रमाइलो गरी जीवन बिताउने छ ।

उनले पुरष्रकार जितेपछि जागिर खानेको विगत ब्याकराइट चेक गर्ने स्थानमा गर्दै आएको काम छाडेका थिए । बिहान कफीको समयमा आफूले यति ठुलो राशिको पुरस्कार जितेको आफ्नो बाबुलाई सुनाएका थिए ।

सकारात्मक सोचलाई कहीँ कसैले पनि कम आंकलन गर्न मिल्दैन चिठ्ठा परेपछि उनले टिवटरमा लेखेका छन् ।

विशेष