News

१ सय २ मेगावाटको जलविद्युत आयोजना दुई वर्षभित्र सक्न निर्देशन

१ सय २ मेगावाटको जलविद्युत आयोजना दुई वर्षभित्र सक्न निर्देशन

काठमाडौं । ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले सिन्धुपाल्चोकमा निर्माणाधीन १ सय २ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजना दुई वर्षभित्र सम्पन्न गर्न निर्देशन दिएका छन् ।

ऊर्जा सचिव अनुपकुमार उपाध्याय र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजना दुई वर्षभित्र निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापन, परामर्शदाता लाहमेयर र ठेकेदार कम्पनीहरु क्वाङसी हाइड्रो एण्ड इलेक्ट्रिकल कन्ट्रक्सन तथा एन्ड्रिज हाइड्रोलाई निर्देशन दिएका हुन् ।

सन् २०१७ जुनमा आयोजना सम्पन्न गर्ने गरी सुरु गरिएको भएपनि काम अहिलेसम्म ४० प्रतिशत मात्रै भएको छ ।

 

विशेष