विदेश

सिरियामा क्लोरिन आक्रमण !

सिरियामा क्लोरिन आक्रमण !

 

सिरिया। विद्रोहीले कब्जामा लिएको सिरियाको राजधानी दमास्कसको बाहिरी क्षेत्रमा क्लोरिन ग्यास आक्रमण भएको छ ।

विद्रोहीविरुद्ध मिसाइल प्रहार गरिएको केही क्षेत्रमा नै क्लोरिन ग्यास प्रहार भएको बताइएको छ । विषालु ग्यासका कारण ६ जनामा श्वासप्रश्वासको समस्या देखिए पनि ठूलो प्रभाव भने नपरेको बताइएको छ ।

सिरियामा गृहयुद्ध शुरु भएदेखि नै क्लोरिन ग्यासको हमला भएका घटना पटकपटक आउने गरेका छन् । युद्धका क्रममा रासायनिक हतियार प्रयोग नगरिएको दाबी सरकारी अधिकारीहरुले गरेका छन् ।

सन् २०१३ मा रुस समर्थित सरकारी सेनाले यो क्षेत्रको घेराबन्दी गर्दा चार लाख मानिस फसिरहेका छन् । यो महिनाको शुरुवातदेखि सो क्षेत्रमा मिसाइल र हवाई आक्रमण तीब्र हुँदा ८५ जना मारिएका छन् भने त्यहाँको सर्वसाधारण थप मारमा परेका छन् ।

मिसाइल आक्रमणका कारण दर्जनौं भवनहरुमा क्षती पुगेको छ । सिरियामा जारी गृहयुद्धका जारी कारण हजारौं मारिएका छन् भने लाखौं पलायन भएका छन् ।

विशेष