News

विदेशीको भात खाएर नेपालमा राजनीति गर्नेहरुले पढ्नै पर्ने प्रेरक प्रशंग

विदेशीको भात खाएर नेपालमा राजनीति गर्नेहरुले पढ्नै पर्ने प्रेरक प्रशंग

एकपटक स्वामी रामतीर्थ जापान पुगेका थिए । त्यहाँ उनको खुब सत्कार गरियो भ्रमणको दौरान उनलाई एउटा स्कुलमा आमन्त्रित गरियो ।

स्कुलमा घुम्न गएको बेलामा के सोचेर हो कुन्नि स्वामी रामतीर्थले एकजना सानो विद्यार्थीसंग सोधे ‘तिमी कुन धर्म मान्छौ ?’ ‘बौध धर्म’ विद्यार्थीले गौरबसाथ जवाफ दियो । स्वामीले फेरि प्रश्न गरे ‘ महात्मा बुद्धको बारेमा तिम्रो क विचार छ ? ’

एकछिन सोचेर ती विद्यार्थीले फेरि जपाफ दिए ‘ बुद्ध त भगवान हुन ।’ यति भन्दै उसले मनमनै बुद्धको ध्यान गरेर आफ्नो देशको प्रथा अनुसार बुद्धलाई प्रणाम गर्‍यो । तब स्वामीले त्यो विद्यार्थीलाई फेरि सोधे ‘ तिमीलाई कन्फ्युसियस बारे थाहा छ ?’ विद्यार्थीरुले श्रद्धा भावले जवाफ दियो ‘ कन्फ्युसियस एक महान सन्त थिए ।’ उसले बुद्धलाई जसरी नै कन्फ्युसियसको पनि ध्यान गरेर उनलाई पनि प्रणाम गर्‍यो ।

त्यसपछि स्वामी मुस्कुराएर प्रश्न गरे ‘ अब मेरो अर्को प्रश्न छ यसको जवाफ देउ । मान, यदि कसैले तिम्रो देशमा आक्रमण गर्छ र त्यो आक्रमणकारीको सेनापति बुद्ध या कन्फ्युसियस हुन्छन् भने तिमी के गर्छौ ? स्वामी रामतीर्थले यति भन्नासाथ सो विद्यार्थीको अनुहार क्रोध र जोसको मिल्दोजुल्दो भावले तमतमायो उसले कड्केर बोल्यो ‘म आफ्नो तरबारले बुद्धको टाउको छिनाउनेछु र कन्फ्युसियसलाई लात हान्नेछु ।’ स्वामी रामतीर्थ बालकको यो जबाफ सुनेर प्रशन्न भए । उनले त्यो बालकलाई बोकेर उसको अनुहार चुम्दै भने ‘जुन देशको रक्षक तिमी जस्तो महान हुन्छ, त्यो देशको कसैले केही बिगार्न सक्दैन ।’

विशेष