News अर्थ

सुमार्गीको आक्रोशः सिरोहियाले मसँग ब्ल्याकमेलिङ गर्दैछन्

‘हरेक व्यवसायीसँग गाेल्डेन शेयर माग्छन् सिरोहिया’

सुमार्गीको आक्रोशः सिरोहियाले मसँग ब्ल्याकमेलिङ गर्दैछन्

काठमाडौं । संचार व्यवसायी कैलाश सिरोहिया र अजेय सुमार्गीबीचको व्यावसायीक ‘दुश्मनी’ सतहमै पोखिएको छ । केही महिनादेखि सुमार्गीको लगानी तथा व्यवसाय बारे खुलेरै समाचार सामाग्री गर्दैआएको कान्तिपुर पब्लिकेशनविरुद्ध आज सुमार्गी खुलेरै बोले ।

 

आज सोमबार सुमार्गीले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सिरोहियाबारे भएका गोप्य कुराकानी समेत खुलेर बताएका छन् ।

 

केही वर्षअघि तारे होटलमा सँगै रक्सी पिउँदाको विषयलाई लिएर अहिले ‘ब्ल्याकमेलिङ गरेको भन्दै सिरोहियाविरुद्ध सुमार्गी आक्रोशित देखिए ।

 

‘सोल्टीमा सँगै रक्सी पिउँदा ठट्टाको रुपमा तपाईँलाई २ करोडमा हाइज्याक गरियो भनेको थिएँ, त्यही कुरालाई लिएर ब्ल्याकमेलिङ पो गरेको रहेछ । बल्ल अहिले थाहा भयो ।’ सुमार्गीले उक्त समयमा सँगै पिएको रक्सीको विल समेत आफैँले तिरेको बताएका छन् ।

 

कुनै पनि व्यवसायीले कुनै व्यवसायमा ठूलो लगानी गर्नुअघि सिरोहियालाई गोल्डेन चेयर बुझाउनुपर्ने यथार्थ रहेको औंल्याउँदै सुमार्गीले भने, ‘मसँग पनि गोल्डेन चेयर मागिएको रहेछ मैले दिइनँ ।’

 

सुमार्गीले तिनै विषयमा असन्तुष्टि जनाउँदै आफ्ना कुरा राखेका हुन् । ‘लगानी नगरीकनै गोल्डेन शेयर चाहिन्छ, सिरोहयालाई’

 

कान्तिपुर पब्लिकेशनले सुमार्गीको विषयमा समाचार सामाग्री निरन्तर प्रकाशन गर्दैआएपछि माघ १ गते सुमार्गीले सिरोहियाविरुद्ध आक्रोश पोखेका हुन् ।

 

पत्रकार सम्मेलनको क्रममा उनले दुई जनाबीच भएका अनौपचारिक र गोप्य प्रसंग समेत खुलासा गरेका छन् । साथै उनले सिरोहियाको व्यवसायीक प्रबृत्तिबारे आफ्नो् असन्तुष्टी पोखेका छन् ।

 

विशेष