दक्षिण कोरियाली उच्च कूटनीतिज्ञ अमेरिका जाँदै
साेल । दक्षिण कोरियाका एकजना वरिष्ठ कूटनीतिक अमेरिकाको भ्रमणमा जान लागेका छन् । अमेरिकी उपविदेशमन्त्री लिम सोङ नाम यही मङ्गलबार अमेरिका जान लागेका हुन् ।
उनले आगामी शनिबारसम्म नै अमेरिकाको भ्रमण गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन्।
विशेषगरी पछिल्लो समयमा उत्तर र दक्षिण कोरियाबीच द्विपक्षीय उच्चस्तरीय वार्ता जारी रहेकै बेला दक्षिण कोरियाली उच्च कूटनीतिज्ञ अमेरिका लागेका हुन् । उनीकाे अमेरिका भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको समाचारमा जनाइएको छ ।
नामले अमेरिकामा रहँदा अमेरिकी उपविदेश मन्त्री जोन सुलिभानसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएकाे छ । त्यस भेटका क्रममा उनले हालै भएको दक्षिण र उत्तर कोरियाबीचको उच्चस्तरीय वार्ता र त्यसको प्रगतिका विषयमा उप विदेशमन्त्री सुलिभानलाई जानकारी दिने बताइएकाे छ ।
उत्तर र दक्षिण कोरियाबीच उच्चस्तरीय वार्ता भएको छ भने दुई देशका अधिकारीबीच सोमबार पनि सोलमा वार्ता भएको छ । एजेन्सी