News अर्थ भिडियो

‘कैलाशको एउटा पोयो फुकाएँ अपराधका ढड्डा फुकाउँदै जानेछु हेर्नुहोला !’ (भिडियोसहित)

१६ पटक दोहोर्याए ‘सिरोहियाको ब्ल्याकमेलिङ’

‘कैलाशको एउटा पोयो फुकाएँ अपराधका ढड्डा फुकाउँदै जानेछु हेर्नुहोला !’ (भिडियोसहित)

काठमाडौं । कान्तिपुर पब्लिकेशनका प्रबन्ध निर्देशक कैलाश सिरोहियाले आफूविरुद्ध ‘ब्ल्याकमेलिङ’ गरेको भन्दै व्यवसायी अजेयराज सुमार्गीले सोमबार पत्रकार सम्मेलन गरे ।

 

आक्रोशित मुद्रामा प्रस्तुत भएका उनले कान्तिपुरको ‘दादागिरी’ र त्यसविरुद्ध बोल्न उपस्थित भएको बताएका थिए ।


पत्रकार सम्मेलनको क्रममा उनले कैलाश सिरोहियालाई एक ‘अपराधी’को रुपमा समेत ब्याख्या गरे ।

 

पछिल्लो समय आफ्नो बारेमा भ्रामक समाचार पटक पटक प्रकाशन गर्दैआएकोले यसपटक सार्वजनिक रुपमा सत्य बोल्न बाध्य भएकाले सम्मेलन गरेको सुमार्गीको भनाइ थियो ।

 

व्यवसाय गर्नेहरुसँग अचेल ‘गोल्डेन शेयर’ लिने चलन रहेको प्रसंग ल्याउँदै सिरोहियाले पनि आफूसँग ‘गोल्डेन शेयर’ मागेको तर नदिएपछि विरुद्धमा लागेको सुमार्गीको दाबी छ ।

 

उनले व्यंग्यात्मक शैलीमा भने, ‘मसँग पनि गोल्डेन शेयर मागेका न हुन् । के अपराध गरेका हुन् र ! मैले नदिएपछि मेरोविरुद्ध लागे ।’

 

 

सिरोहियाको यो एक प्रबृत्ति भएको र यस्तो घटनालाई ५० औं वर्षपछि पनि पत्रकारिता पढ्नेले अध्ययन गर्नुपर्ने एक दुखद् अवस्थाको रुपमा उनले ब्याख्या गरेका छन् ।

 

उनले भने, ‘यो ब्ल्याकमेलिङ प्रकरण ५० औं वर्षसम्म चर्चाको विषय बन्नेछ । पत्रकारिता अध्ययन गर्नेले पढ्नैपर्ने विषय बन्नेछ ।’

 

कान्तिपुर मिडियाले आफूलाई जोड्दै डेरामा बसेको मान्छेले सम्पत्ति कमाउन सक्दैन भन्ने मानसिकता विकास गरिदिएको भन्दै त्यसप्रति सुमार्गीले दुख व्यक्त गरे ।

 

त्यस प्रसंगमा सुमार्गी डेरामा बस्ने मान्छेप्रति अपमान गरेको भन्दै कान्तिपुरविरुद्ध आक्रोशित बनेका थिए ।

 

‘डेरामा बस्ने मान्छेले कमाउँदैन ?’ उनले भने, ‘म कुनै चिठ्ठा परेको मान्छे हैन ।’ उनले सम्मेलनको सुरुमै २०२९ सालदेखि नै आफ्नो परिवार व्यवसायमा जोडिएको भन्दै कान्तिपुरले दम्भ र घमण्ड देखदाएको बताएका थिए ।

 

सुमार्गीका अनुसार कान्तिपुर मिडिया ग्रुप र सुमार्गीको मुक्ति श्री प्रा.ली बीच जग्गाको विषयलाई लिएर यति लामो विवाद भएको हो ।

सुमार्गीले सिरोहियाको ‘ब्ल्याकमेलिङ प्रकरण’ लाई उदांगो पार्न पत्रकारहरुलाई समेत आग्रह गरेका छन् । पत्रकारहरुले पनि उनको प्रबृत्तिलाई निरुत्साही गर्नुपर्ने भन्दै अन्यथा अप्ठ्यारो पार्नसक्ने उनले बताए ।

 

विदेशबाट लगानी ल्याउने सन्दर्भमा पत्रकारको जिज्ञाशामा जवाफ दिँदै सुमार्गीले पत्रकारहरुलाई समेत व्यंग्य गरेका थिए । उनले व्यंग्यात्मक रुपमा भने, ‘तपाईँहरु सतहमा बगिदिएपछि मलाई त रुन आउँछ ।’

 

सुमार्गीले सोल्टी होटलमा सिरोहियासँग रक्सी खाँदाको प्रसंग देखि जग्गा खरिद प्रकरणबारे खुलेर बोलेका छन् । यसबाहेक उनले सिरोहियाको गतिविधिप्रति आक्रोशित हुँदै भने, ‘संचारमाध्यम जस्तो साधनलाई बदनामीको हतियार बनाउँदै निन्दनीय काम गर्नुभएको छ । यो ब्ल्याकमेलिङ नै हो ।’

 

सिरोहियाले गरेको कामलाई उनले पटक पटक ‘ब्ल्याकमेलिङ भन्दै आवेगमा आएर उनलाई ‘अपराधी’, ‘कुत्ता’ जस्ता शब्द प्रयोग गरेका छन् ।

 

साथै उनले कान्तिपुरले जानकारी नदिएरै भ्रामक समाचार छापेको लगायत विषयलाई लिएर कान्तिपुर विरुद्ध २५ करोड क्षतिपुर्ति माग गर्दै मुद्धा दायर समेत गरेको बताए ।

विशेष