व्यापार

बुटिक र पार्लरको सुविधासहित बेल्लेजा स्टुडियोको भव्य शुभारम्भ

बुटिक र पार्लरको सुविधासहित बेल्लेजा स्टुडियोको भव्य शुभारम्भ

काठमाडौं । महिला–पुरुष दुबैका लागि पार्लर र बुटिकको सुविधासहित बेल्लेजा स्टुडियोको भव्य शुभारम्भ गरिएको छ । आज मंगलबार माला होटेल लैनचौरमा एक कार्यक्रमका बीच स्टुडियोको शुभारम्भ गरिएको हो ।

स्टुडियोको शुभारम्भ दुई फरक तरिकाका कार्यक्रम गरेर गरिएको हो । पञ्च–कन्या र मेकप आर्टिस् सोफि सुनुवारले रिवन र केक काटेका थिए ।

उच्च सुविधासम्पन्न बेल्लेज स्टुडियोमा उचित मूल्यका स्तरिय उत्पादन प्राप्त गर्न सकिने छ । फेमिलियर वातावरणमा ग्राहकको आवश्यकताका साथै सन्तुष्टिलाई मध्यनजर गर्दै उक्त स्टुडियो खोलिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बेल्लेज स्टुडियोले ग्राहकका लागि हेयर कट, पर्मस्, हेयर कलरिङ, हाइलाइटस्, फेसियल, वाक्सिङ, मेनिकियर, पेडिकियरलगायतका सेवा प्रदान गर्ने छ । बेल्लेजले ग्राहकको ग्ल्यामरलाई भन्दा सुन्दरतालाई ध्यान दिँदै बुटिकको सुविधासहित पार्लर सञ्चालनमा ल्याएको हो ।

 

विशेष