News

दीपक मनाङेलाई ५ वर्षकाे कैद सजाय

दीपक मनाङेलाई ५ वर्षकाे कैद सजाय

काठमाडौँ । मनाङबाट प्रदेशसभा सदस्य निर्वाचित दीपक मनाङेलाई सर्वोच्च अदालतले ५ वर्ष कैद सजाय हुने तत्कालीन पुनरावेदन अदालत पाटनको फैसला सदर गरेको छ ।

न्यायाधीशहरु दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले मंगलबार तत्कालीन पुनरावेदन अदालत पाटनको आदेशलाई सदर गरेको हाे । हालसम्म अदालतले तोकेको कैद सजाय भुक्तान नगरेका कारण मनाङे अब काराबास बस्नुपर्नेछ ।

२०६१ सालमा चक्रेमिलन लगायतको समूहलाई दीपक मनाङे समूहले खुकुरी प्रहार गरेको थियो । मनाङे समूहको आक्रमणबाट चक्रे मिलनको टाउकोमा गम्भीर चोट लागेको थियो भने हात चुँडिएको थियो । 

dipak manange

विशेष