बिजुलीमा भारतसँगको परनिर्भिरता बर्सेनि बढ्दै
काठमाडौं । बिजुलीमा भारतसितको परनिर्भिरता बर्सेनि बढ्दै गएको छ । विद्युत प्राधिकरणले लोडसेडिङ हुन नदिन यस वर्षको हिउँदमा ४७० मेगावाटसम्म बिजुली आयात गर्ने भएको छ । अघिल्लो वर्षको हिउँदमा ३९५ मेगावाटसम्म आयात गरेको थियो ।
२०७२ मा करिब ३०० मेगावाट आयात भएको थियो । मागअनुसार सरकार र निजी क्षेत्रले जलविद्युत आयोजना निर्माण गर्न नसकेकाले बर्सेनि परनिर्भरता बढेको हो ।
‘सुक्खायामको सुरुआतसँगै पानीको सतह कम भएकाले नदीको प्रवाहमा आधारित विद्युत आयोजनाको उत्पादन घटेकाले मुलुकमा लोडसेडिङ हुन नदिन हाल भारतबाट ४ सय मेगावाट विद्युत आयात गरिरहेका छौं,’ विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले भने, ‘यस वर्ष माघ–फागुनमा लोडसेडिङ हुन नदिन भारतबाट ७० मेगावाट थप गर्दा ४७० मेगावाट पबजुली आयात हुनेछ ।’ –कान्तिपुर दैनिकबाट