विदेश

महिलाले रक्सी किन्न नपाउँने, राष्ट्रपतिले रोके

महिलाले रक्सी किन्न नपाउँने, राष्ट्रपतिले रोके


एजेन्सी । श्रीलंकामा महिलाले रक्सी किन्न नपाउने भएका छन् । पुरुष सरह महिलाले पनि रक्सी किन्न पाउने गरी बनेको कानुन राष्ट्रपति मैत्रिपाला सिरिसेनाले निष्क्रिय घोषणा गरेसँगै महिलाले रक्सी किन्न नपाउने भएका हुन् ।

यसअघि सरकारले महिलाले पनि पुरुषले सरह रक्सी किन्न पाउने गरी नियम ल्याएको थियो । तर राष्ट्रपति सिरिसेनाले त्यो नियम फिर्ता लिन सरकारलाई निर्देशन दिनुभएको छ । नयाँ नियममा महिलालो बारमा काम गर्न पाउने व्यवस्था पनि गरिएको थियो ।

श्रीलंका सरकारले गएको बुधबार महिलाले रक्सी किन्न तथा बारमा काम गर्न नपाउने गरी सन् १९५५ मा बनेको कानुनले महिलामाथि विभेद गरेको भन्दै परिमार्जन गरेको घोषणा गरेको थियो । तर राष्ट्रपतिले सरकारको कदममा हस्तक्षप गर्नुभएको हो ।

विशेष