विदेश

कस्ता यी आमा बाबु आफ्नै २९ सन्तानलाई यसरी बन्धक बनाए

कस्ता यी आमा बाबु आफ्नै २९ सन्तानलाई यसरी बन्धक बनाए

काठमाडौं । क्यार्लिफोनियाका प्रहरीले सार्न बर्नाडिनो नजिकै रहेको आफ्नो घरको ओछ्यानमा सिक्रीले बाँधेर राखिएका २ देखि २९ वर्षका एकै परिवारका सन्तानको उद्दार गरेको छ ।

उनीहरूका आमाबुबालाई पक्राउ गरिएको छ र यातना अनि बालबालिकालाई जोखिममा पारेको अभियोग लगाइएको छ। आइतवार भाग्न सफल एक किशोरीले आपतकालीन सेवामा सम्पर्क गरी आफ्ना दाजुभाइ र दिदीबहिनीलाई बन्धक बनाइएको जानकारी दिएकी थिइन्। प्रहरीको कार्यालयले कैयौँ पीडितलाई ओछ्यानमै हत्कडी लगाएर राखिएको र दुर्गन्ध आउने ठाउँमा थुनिएको जनाएको छ।

पेरिस नगरको मुइर वुड्स रोडसँगैको एउटा घरभित्रको त्रासदीपूर्ण अवस्थाबारे त्यहाँबाट मोबाइल फोनसहित भागेर प्रहरीलाई फोन गर्न सफल भएकी एक १७ वर्षीया किशोरीले बताएकी हुन्। उनले आफ्ना १२ जना दाजुभाइ तथा दिदीबहिनीलाई अभिभावकले बन्धक बनाएको दावी गरेकी थिइन्।

त्यो घरमा पुग्दा प्रहरीले १२ जना बालबालिका फेला परेको विश्वास गरे। तर उनीहरू त्यसबेला छक्क परे जब फेला परेकामध्ये सात जना १८ देखि २९ वर्षका वयस्क रहेको जानकारी पाए।

विशेष