News

भक्तपुरमा फेरि भयो व्यवसायीको हत्या

भक्तपुरमा फेरि भयो व्यवसायीको हत्या


भक्तपुर । भक्तपुरमा माटो व्यवसायमा संलग्न एक व्यवसायीको बुधबार हत्या भएको छ । माटो व्यवसायी चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने ५५ वर्षीय सीताराम सैंजूको हत्या भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

सैंजुको शव बुधबार बिहान भक्तपुर नगरपालिका–९ ब्रम्हायणी मन्दिर परिसरमा घोप्टो परेको अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी कृष्ण प्रसार्इंले बताए । प्रहरीले हत्यामा संलग्न रहेको आशंकामा तीनजनालाई नियन्त्रणमा लिएको प्रसाईंले बताए ।

विशेष