News

बिना निष्कर्ष टुंगियो मन्त्रिपरिषद बैठक तीन बजे फेरि बस्ने

बिना निष्कर्ष टुंगियो मन्त्रिपरिषद बैठक तीन बजे फेरि बस्ने


काठमाडौं । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठक ‘थप गृहकार्य गरेर बस्ने’ भन्दै दिउँसो ३ बजेसम्मको लागि स्थगित भएको छ ।

दिउँसो ३ बजे बस्ने बैठकले प्रदेश प्रमुखको विषयमा टुंगो लगाउन सक्ने बैठकमा सहभागी एक मन्त्रीले बताए । स्रोतका अनुसार सरकारले भागबण्डामा प्रदेश प्रमुखको नियुक्ति गर्ने तयारी गरेको छ ।

प्रदेश प्रमुखको नियुक्ति नहुँदा निर्वाचन आयोगले मतपरिणाम घोषणा गर्न सकेको छैन ।

यस्तै प्रदेश सांसदहरुले सपथ नलिई राष्ट्रियसभाको निर्वाचन गर्न समेत संवैधानिक रुपमा अड्चन रहेको छ । आयोग झन्डै तीनसाता यता सरकारको निर्णयको परखाइमा रहेको छ ।

विशेष