News

सरकारले प्रदेश प्रमुख र अस्थायी केन्द्र तोकियो, को - काे भए प्रमुख ? (नामावलीसहित)

सरकारले प्रदेश प्रमुख र अस्थायी केन्द्र तोकियो, को - काे भए प्रमुख ? (नामावलीसहित)

काठमाडाैं । बुधबार दिउँसाे बसेकाे मन्त्रिपरिषद् बैठकले सातवटै प्रदेश प्रमुख र अस्थायी केन्द्र ताेकेकाे छ । लामाे समयकाे अनिश्चतालार्इ ताेड्दै सरकारले प्रमुख र केन्द्र ताेकेकाे हाे ।

सरकारले प्रदेश नम्बर १ को केन्द्र विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढीलार्इ केन्द्र तोकिएको छ। साथै सरकारले प्रदेश प्रमुख पनि ताेकेकाे छ । 

को भए प्रमुख

प्रदेश नम्बर १ - प्रमुखमा गोविन्द सुब्बा 

प्रदेश नम्बर २ - रत्नेश्वरलाल कायस्थ

प्रदेश नम्बर ३ - अनुराधा कोइराला

प्रदेश नम्बर ४ - बाबुराम कुँवर

प्रदेश नम्बर ५ - उमाकान्त झा 

प्रदेश नम्बर ६ - दुर्गा खनाल र

प्रदेश नम्बर ७ - मोहनराज मल्ल

विशेष