News

निगमले फेरि बढायाे पेट्राेलियम पदार्थकाे मूल्य

निगमले फेरि बढायाे पेट्राेलियम पदार्थकाे मूल्य

काठमाडाैं । नेपाल अायल निगमले बुधबार फेरि पेट्राेलियम पदार्थकाे मूल्य वृद्धि गरेकाे छ । 

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध भइरहेका बेला बुधबार फेरी मूल्य बढाइएको हाे । डिजेलमा २ रूपैयाँ तथा मट्टितेल र पेट्राेलमा एक–एक रूपैँया मूल्य बढाएकाे छ । 

पेट्रोलको मूल्य बढेर प्रतिलिटर १ सय ३ रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य ७१ रुपैयाँ पुगेको नेपाल आयल निगमले जनाएको छ ।

निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले नयाँ मूल्य बुधबार राती १२ बजे बाट कार्यान्वयनमा आउने बताए । 

ग्यास र हवाई इन्धनको मूल्य भने बढाइएको छैन । निगमले गत मंसिर २३ मा मात्र इन्धनमा मुल्य वृद्धि गरेको थियो ।

 

petroleum products price

विशेष